पाेखरामा सडक भासियाे, पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा
पोखरा महानगरपालिका-१४ चाउथेमा पर्ने पृथ्वी राजमार्गकाे सडकखण्ड भासिएको छ । सडक भासिएपछि पृथ्वी राजमार्गमा एकतर्फी मात्र सवारी सञ्चालन गरिएकाे छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले सडकमा जाेखिम रहेकाे बताएकाे छ । साे सडमा सवारी साधन सञ्चालनमा कठिनाइ भएकाे प्रहरीले जनाएकाे छ ।
सडकको दायाँ भाग अन्दाजी ५ मिटर लम्बाई, र १.५ मिटर चौडाइ सडक भासिएकाे छ । पाेखरामा गएकाे २४ घण्टामा पानी धेरै परेकाे थियाे ।
गत २४ घन्टामा पोखराको लामापाटन जल मापन केन्द्रमा १३४.२ मिलिमिटर वर्षा मापन गरिएको छ ।
Facebook Comments

