आहारारा पोखरा गोल्डकपः २३ औं संस्करणकाे थ्रीस्टार क्लब सेमिफाइनलमा

आहारारा पोखरा गोल्डकपकाे २३ औं संस्करणमा थ्रीस्टार क्लब सेमिफाइनलमा प्रवेश गरेकाे छ ।

पाेखरामा जारी प्रतियाेगितामा भुटानको पारो एफसीलाई २–० ले पराजित गर्दै थ्रीस्टार क्लब सेमिफाइनलमा प्रवेश गरेको हाे ।

निर्धारित समयमा गाेल हुन नसकेपछि थप भएकाे अतिरिक्त समयको २६ र २९ औं आशिष चापागाईंले मिनेटमा गोल गरेका हुन् । निर्धारित खेल गोलरसहित बराबरीमा टुंगिएपछि अतिरिक्त ३० मिनेट थप गरिएको थियो ।

थ्रीस्टार प्रिक्वार्टरफाइनलमा आयोजक सहारालाई २–१ ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरेको थियो । आमन्त्रित भुटानी लिग विजेता टिम पारो एफसी बाइ पाउँदै सिधै अन्तिम ८ काे खेलमा सहभागी भएकाे हाे ।

Facebook Comments