सामसङकाे एस २४ सिरिजमा प्रत्यक्ष अनुवादकाे सुविधा
सामसङले ग्यालेक्सी एस २४ सिरिज सार्वजनिक गरेको छ। जसमा ‘एआई’ विशेषता भएको कम्पनीले जनाएकाे छ ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापित र मिस नेपाल वर्ल्ड २०१८ शृंखला खतिवडाले नयाँ ग्यालेक्सी एस २४ सिरिजको सार्वजनिक गरेका हुन् ।

ग्यालेक्सी एस–२४ अल्ट्रा, ग्यालेक्सी एस–२४ प्लस र ग्यालेक्सी एस–२४ बेसको सार्वजनिक गरिएकाे छ । यसमा नेटिभ कल एपभित्र वास्तविक समय, दुई–तर्फी कल अनुवादहरूमै प्रत्यक्ष अनुवाद सुविधा रहेकाे कम्पनीले जनाएकाे छ ।
Facebook Comments

