गाेरखामा पहिराेः ५ जना बेपत्ता
गोरखाको धार्चे गाउँपालिकामा पहिराेमा परी ५ जना बेपत्ता भएकाे आशंका गरिएकाे छ । धाचेर्काे वडा नं. ५ मा पहिरो जाँदा एकै परिवारका ३ सहित ५ जना बेपत्ता भएकाे खबर आएपछि खाेजी कार्यका खोज तथा उद्धार टाेली घटनास्थलतर्फ पठाइएकाे गाेरखाका प्रमुख जिल्ला अधिकारी भाेला दाहालले जानकारी दिनुभयाे ।
स्थानीयका अनुसार आज बिहान करिब तीन बजेतिर एउटा घर र एउटा कृषि फर्मलाई पहिरोले पुरेको थियो ।
प्रमुख जिल्ला अधिकारी दाहालका अनुसार खोज तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्वास्थ्यकर्मीको टोली परिचालन पहिराे गएकाे स्थानतर्फ गएकाे छ ।
फाइल तस्वीर
Facebook Comments

