रेमल चक्रवाती आँधीकाे प्रभावः भारतको मिजोरममा भारी वर्षा
भारतको मिजोरमको राजधानी आइजवलमा रेमल चक्रवाती आँधीका भारी वर्षा भएकाे छ । जसका कारण आएको पहिरोमा परी २७ जनाको मृत्यु भएको छ ।

मिजोरम सरकारको सूचना र जनसम्पर्क विभागले सोशल मिडिया प्लेटफर्म एक्समा पोस्ट गरेको छ, ‘आइजवलमा चक्रवात रेमलका कारण गएको पहिरोमा २७ जनाको मृत्यु भएको छ।’ पूर्वाधारमा क्षति पुगेपछि खानेपानी र विद्युत् आपूर्तिमा पनि असर पर्ने विभागको भनाई छ ।
‘मिजोरम प्रान्त सरकारले राज्य विपद् कोषको लागि १५ करोड रुपैयाँ विनियोजन गरेकाे छ । पहिरोमा परी ज्यान गुमाएका परिवारलाई चार लाख रुपैयाँ क्षतिपूर्ति दिइने भएको छ ।
चक्रवाती आँधी रेमलका कारण मिजोरममा भारी वर्षा भइरहेको छ । मिजोरमका प्रहरीले समाचार एजेन्सी पीटीआईलाई धेरै ठाउँमा बिजुलीका पोल र रूखहरू पनि ढलेको जानकारी दिएकाे छ।
उद्दारका साथै पाेल र क्षति पुगेका सडक लगायतका संरचना मर्मतका लागि प्रयास भइरहेकाे छ ।

