रुस-युक्रेन युद्धमा थप १० नेपालीको मृत्यु
रुस र युक्रेनकाे युद्धका क्रममा रूसी सेनामा कार्यरत थप १० नेपालीकाे मृत्यु भएकाे छ । रूसी सेनामा भर्ती भएका भई युक्रेनसँगको युद्धमा परेर हालसम्म ३५ जना नेपालीकाे मृत्यु भएकाे मस्कोस्थित नेपाली दूतावासले जनाएकाे छ ।
दुतावासकाे तथ्यांक अनुसार मृत्यु हुनेमा रूपन्देहीका लालबहादुर बुढा, दोलखाका फुर्वा शेर्पा, स्याङ्जाका सुरज विक, धादिङका नेत्रबहादुर घर्ती, गुल्मीका शंकर दमाईं, लमजुङका साजन गुरुङ, दैलेखका तेजबहादुर शाही, सिन्धुलीका शान्तबहादुर भोलान, जिल्ला पत्ता नलागेका राजु थारू र घनश्याम परियार रहेका छन् ।

रूसी सेनामा कति नेपाली कार्यरत छन्, कसरी भर्ती हुन पुगेका छन् भन्ने यकिन तथ्याकं सरकारसँग छैन । कति युद्धका क्रममा घाइते भएकाे छन् । परिवारका सदस्यहरूले रूसी सेनामा रहेका आफन्त फिर्ताका लागि पहल गरिदिन सरकारसँग अनुराेध गरेपनि साेकाे सार्थक पहल हुन सकिरहेकाे छैन ।
फाेटाेः अलजजिरा

