टोपी दिवस मनाइँदै

१२औं राष्ट्रिय पोशाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

हरेक वर्ष अंग्रेजी नयाँ वर्षका दिन जागरुक युवा अभियान नेपालको आयोजनामा टाेपी दिवस मनाउने गरिन्छ । यस अवसरमा आज पाटन दरबार क्षेत्रमा आयोजना हुने कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डेलगायत सहभागी हुने बताइएकाे छ ।

‘नेपाली टोपी : हाम्रो पहिचान’ भन्ने नाराका साथ युवाहरुले दिवस मनाउन लागेका हुन् ।

टाेपी दिवसका अवसरमा राष्ट्रिय पाेशाक दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई समेत युवामाझ स्थापित गर्न २०७० सालदेखि राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाउन थालिएको हो ।

सिके राउत नेतृत्वको जनमत पार्टीले भने आज धोती दिवस मनाउने भएको छ । आइतबार बसेको पार्टी केन्द्रीय सचिवालय समितिले गरेको निर्णयअनुसार आज धोती दिवस मनाउन लागिएको सो पार्टीले जनाएको छ ।

राष्ट्रिय टाेपी दिवसकै दिन जनमतले भने मधेसको मौलिकता धोतीमा झल्किने भन्दै धोती दिवसको रूपमा मनाउने निर्णय गरेकाे हाे । साे पार्टीले बिभिन्न जिल्लाहरूमा समेत धाेती दिवस मनाउने जनाएकाे छ ।

Facebook Comments