माओवादी केन्द्रकाे सचिवालय बैठक बस्दै

महाधिवेशन आयोजक समितिकाे सचिवालयमा पार्टी एकताबारे छलफल हुने

नेकपा माओवादी केन्द्रले महाधिवेशन आयोजक समितिको सचिवालय बैठक बोलाएको छ । दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने नेता देवेन्द्र पाैडेलले जानकारी दिनुभयाे ।

उहाँका अनुसार बैठकमा नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी लगायत पार्टीसँग, एकता, पदीय व्यवस्थापन, मोडिलाटी लगायत विषयमा छलफल हुनेछ । 

शुक्रबार सम्पन्न एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकले माओवादीसँग एकता गर्ने निर्णय गरेको थियो । माओवादी धारा र अन्य बामपन्थी पार्टीहरूवीच एकता हुनुपर्ने मत माओवादी केन्द्रमा बलियाे छ ।

Facebook Comments