भारतकाे केआईआईटीमा नेपाली छात्र मृत फेला

भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) कलेजमा एक छात्रा मृत फेला परेकाे बताइएकाे छ ।

किट विश्वविद्यालय अन्तर्गतकाे साे कलेजमा मृत फेला परेकी नेपाली विद्यार्थी प्रिसा साहको परिवार वीरगञ्जमा बस्दै आएको पुष्टि भएको छ । प्रिसा सर्लाहीको मलंगवा घर भइ हाल वीरगन्ज–१५ बस्दै आएका श्याम साहकी छोरी भएको पुष्टि भएको हो ।

साहको मृत्युबारे कलेजले राती ९ बजे फोन गरेर जानकारी दिएको र परिवारका सदस्यहरू साह अध्ययन गर्ने कलेजतर्फ गएका छन् ।

गत वर्षकाे फागुनमा सोही विश्वविद्यालयमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल पनि होस्टलमा मृत फेला परेकी थिइन् ।

साह प्रथम वर्षको परीक्षा दिनका लागि विश्वविद्यालयको होस्टेलमै बस्दै आएको बताइएको छ। प्रकृति लम्साल बस्दै आएको होस्टेलमै उनी पनि बस्दै आएकी थिइन्।

साहले के कति कारणले आत्महत्या गरेको भन्ने विषयमा खुलिनसकेको र प्रहरीले परिवारका सदस्यकाे उपस्थितिमा पाेष्टमार्टम तथा अनुसन्धान अघि बढाउने जनाएकाे छ ।

साहको शव पोष्टमार्टमका लागि अहिले अस्पतालमा राखिएको छ।

Facebook Comments