जलविद्युत् आयाेजनामा ‘टेक एन्ड पे’ काे ब्यवस्थाले गम्भीर समस्या ल्याउँछः इप्पान

आर्थिक वर्ष २०८२/८३ को बजेटमा नदी प्रवाही (रन अफ रिभर–आरओआर) जलविद्युत् आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) लेऊ र तिर (टेक एन्ड पे) अनुरूप गरिने उल्लेख भएपछि यसले गम्भीर असर पुगेकाे उर्जा क्षेत्रका लगानीकर्ताहरूले गुनासाे गरेका छन् ।

बजेटमा गरिएकाे यस्तो घोषणाले कूल १७ हजार मेगावाट क्षमताका विभिन्न आयोजना निर्माण हुने बाटो बन्द भएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले उल्लेख गरेकाे छ ।

बैंक तथा वित्तीय संस्थाहरूले टेक एन्ड पेका आधारमा गरिएको पीपीएमा वित्तीय व्यवस्थापन गर्दैनन् । जसले गर्दा ऊर्जा क्षेत्रलाई गम्भीरू असर पार्ने इप्पानको निष्कर्ष छ ।

‘यस घोषणाले १७ हजार मेगावाटका करिब ३ सय आयोजना निर्माणको बाटो मात्र बन्द भएको छैन, हालसम्म यी आयोजनाका लागि निजी प्रवर्द्धकहरूले लगानी गरिसकेको ६६ अर्ब २२ करोड रुपैयाँभन्दा बढी लगानी डुब्ने अवस्थामा पुगेको छ,’ इप्पानले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जलविद्युत् उत्पादनकाे क्षेत्रमा निजी क्षेत्रकाे ८० प्रतिशत हिस्सा रहेकाे तथा १५ खर्बै लगानी रहेकाे निजी लगानीकर्ता बजेटकाे ब्यवस्थाले निरूत्साहित भएका छन् ।

इप्पानले टेक एन्ड पेको प्रावधान तुरुन्तै संशोधन गरी पहिलादेखि नै विद्युत् प्राधिकरणले गर्दै आएको टेक अर पेमै पीपीए गर्ने गर्न माग गरेकाे छ ।

Facebook Comments