माओवादी केन्द्रको स्थायी समितिको बैठकमा नेताहरूले धारणा राख्ने

नेकपा (माओवादी केन्द्र)को स्थायी समितिको बैठक राजधानी काठमाडाैंमा जारी छ ।

आज बिहान ११ बजेबाट पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा प्रस्तुत अध्यक्ष प्रचण्डकाे प्रस्तावमाथि नेताहरूले धारणा राख्ने बताइएकाे छ ।

बैठकमा प्रस्तुत एजेण्डामाथि छलफल गर्नका लागि प्रत्येक सदस्यलाई १०–१५ मिनेटको समय छुट्याइएको छ ।

उपमहासचिव हरिबोल गजुरेलका अनुसार बैठकमा हुने छलफल र बहसको आधारमा समय लम्बिन पनि सक्नेछ । 

बैठकमा कति जनाले बहस गर्छन्, त्यसले समय निर्धारण गर्छ ।

अहिले नै कसैलाई स्पष्टीकरण सोध्ने वा अन्तरविरोधको हल निकाल्ने भन्दा पनि सबैको विचार र मत सुनिसकेपछि मात्र के गर्ने भनेर एउटा निष्कर्षमा पुग्न सकिने उहाँकाे भनाइ छ ।

पछिल्लो समय अध्यक्ष प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबिच अन्तरविरोध देखिएकाे छ ।

सार्वजनिक रूपमै प्रचण्ड र शर्माले एक अर्काकाे आलाेचना गर्ने गरेका छन् ।

Facebook Comments