माैसमः पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव

नेपालमा हाल पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

माैसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली रही मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने तथा बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने छ ।

गण्डकी प्रदेशकाे गाेरखा, लमजुङ लगायतका केही जिल्लामा हल्का वर्षा भइरहेकाे छ ।

त्यस्तै कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

Facebook Comments