माैसमः कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली हुने

नेपालमा हाल माैसम मुख्यतया सफा रहने जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

दक्षिण-पश्चिम बंगालको खाडी र भारतको तमिलनाडु आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहने महाशाखाले माैसम पूर्वानुमान बुलेटिनमा उल्लेख गरिएकाे छ ।

Facebook Comments