कांग्रेसकाे १५ औं महाधिवेशन पुस २६ देखि २८ सम्म काठमाडाैंमा हुने
डेढ महिना लामाे अन्याैलका वीच नेपाली कांग्रेसले पुस २६ देखि २८ गतेसम्म १५ औं महाधिवेशन गर्ने भएकाे छ ।
केन्द्रीय समितिकाे साेमबारकाे बैठकले महाधिवेशनकाे मिति ताेकेकाे हाे ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने प्रस्ताव राख्नुभएकाे थियाे । उक्त प्रस्तावलाई केन्द्रीय समितिले सर्वसम्मत् पारित गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले नै पहलकदमी लिएपछि चुनावअघि महाधिवेशन गर्नै नहुने अड्डी कसिरहेका संस्थापन पक्षका नेताहरू पुसभित्रको कार्यतालिकामा सहमतिका लागि बाध्य भएका हुन् ।
संस्थापन इतरका नेताहरू महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा लगायत चुनावअघि नै महाधिवेशन गर्ने पक्षमा थिए । त्यस्तै बहुमत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनकाे माग गरेर हस्ताक्षर समेत केन्द्रीय कार्यालयमा बुझाएका छन् ।
Facebook Comments

