मधेसमा सत्ता संकट, संविधानको धारा १६८ को २ बमाेजिम विश्वासकाे मत लिन मुख्यमन्त्रीलाई परामाधेश

सर्वोच्च अदालतले मधेस प्रदेश सरकारलाई २४ घण्टाभित्र विश्वासकाे मत लिन परमाधेश दिएकाे छ ।

ठूलाे दलकाे हैसियतले एमाले नेता सरोज यादवकाे नेतृत्वमा गठन भएकाे सरकार का मुख्यमन्त्री सरोज यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वाेच्चले आदेश दिएको हाे ।

सोमबार सर्वोच्च अदालतले मुख्यमन्त्री यादवले २४ घण्टाभित्र विश्वासको मत प्राप्त गर्न नसकेमा संविधानको धारा १६८ को २ बमोजिम सरकार गठन गर्न परमादेश जारी गरेको हो । 

गैरसंवैधानिक ढंगले यादवको नियुक्ति भएको भन्दै ७३ जना सांसदहरूले पेश गरेको रिट निवेदनमा सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले यस्ताे आदेश गरेकाे हाे ।   

एमालेबाट नियुक्त भएका मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई २४ घण्टाभित्र प्रदेश सभाबाट विश्वासको मत लिन सर्वोच्चले परमादेश दिएपछि पुन: अर्को सरकार गठनतर्फ राजनीतिक बाटो मोडिएको छ ।

एमाले बाहेकका दलहरूले सरकार गठनविरूद्ध सर्वाेच्चमा रिट दायर गरेका थिए ।

एमाले बाहेकका दलका ७३ जना सांसदले दिएको रिटको सुनुवाइ गर्दै सर्वोच्चले यस्ताे फैसला गरेकाे हाे ।

यादवले याे अवधिमा आवश्यक बहुमत पुर्‍याउन नसक्ने करिब निश्चित छ ।

एमाले बाहेक सबै दल विपक्षीमा कित्तामा उभिएर उनको नियुक्तिमाथि नै प्रश्न उठाइरहेका छन् । उनीहरूले प्रदेश सभामा विश्वासको मत दिने स्थिति छैन ।

त्यसैले मंगलबारबाटै मधेशमा अर्को सरकार निर्माणको प्रक्रिया अघि बढ्ने देखिएको छ । यसका लागि एमाले बाहेकका दलले तयारी  थालेका छन् ।

Facebook Comments