प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटघाट भएको छ ।

प्रधानमन्त्री ओली पूर्व राष्ट्रपति भण्डारीलाई भेट्न भण्डारीको निवास बुढानीलकण्ठ पुग्नुभएकाे थियाे । करिब दुई  घण्टा भएको भेटमा नेकपा (एमाले)को पछिल्लो  राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको थियो ।

भण्डारी सक्रिय राजनीतिमा लाग्न खाेजेकाे चर्चावीच याे भेटवार्ता भएकाे हाे ।

Facebook Comments