भरतपुरका ४ सय युवाहरुलाई लक्ष्ति गरी सीपमूलक तालिम सुरु

भरतपुरका युवाहरुलाई लक्ष्ति गरी सीपमूलक तालिम सुरु भएको छ । एक कार्यक्रमका बीच भरतपुर महागनर प्रमुख रेनु दाहालले तालिमको उद्घाटन गर्नुभयो ।

भरतपुरका १८ देखि ४० मुनिका ४ सय जना युवाहरुलाई विभिन्न १० प्रकारका तालिम दिन लागिएको हो ।

श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय, वागतमी प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग र भरतपुर महानगरको समन्वयमा सीप परीक्षण सहित ३ महिना अर्थात ३९० घण्टा सञ्चालन हुनेछ ।

तालिमको उद्घाटन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरमा भौतिक पूर्वाधारको विकास मात्र नभई रोजगारी सिर्जना गर्नतर्फ केन्द्रित रहेको बताउनुभयो ।

महानगरपालिकाले विगत वर्षहरु पनि वडागत रुपमा ४ हजार बढीलाई तालिम प्रदान गरिएको पनि उल्लेख गर्नुभयो ।
प्रमुख दाहालले अबको केही दिनमा मागमा आधारित १७ सय जना युवाहरुलाई विभिन्न किसिमको तालिम दिन लागेको जानकारी दिनुभयो ।

महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले देशका युवाहरुलाई सीपमूलक तालिम दिई वैदेशिक रोजगारमा जाने संख्यालाई न्यूनिकरण गर्न सकिने बताउनुभयो ।

३ महिनासम्म हुने तालिममा सकृय रुपमा सहभागी भई दक्ष नागरिकको प्रमाण पत्र लिन सफल हुन उपप्रमुख अधिकारीले शुभकामना पनि दिनुभयो ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले राज्यले नागरिकलाई स्वलम्बी बनाउन तालिमहरु दिदै आइरहेको र यसको राम्रोसँग सदुपयोग गर्न आग्रह गर्नुभयो ।

सीपमूलक तालिम अन्र्तगत कम्प्युटर मर्मत, मोबाईल मर्मत, कुक, वेटर, ब्युटिसियन, गार्मेन्ट, मेशिन अपरेटर, फेसन डिजाईनर, प्लम्बर, केयर गिभर, हाउस किपिङको तालिम दिन लागेको महानगरपालिकाले जनाएकाे छ ।

सिटीभिटिईबाट सम्बन्ध प्राप्त नेपाल उद्यमी विकास परार्मश केन्द्र, कान्तिपुर बहुप्राविधिक शिक्षालय, वल्र्ड लिङ टेक्निकल ट्रेनिङ इन्सिटिच्युट, नवरत्न टेनिकल ट्रेनिङ इन्सिटिच्युट, ब्रिलियन्ट मेनपावर ट्रेनिङ सेन्टर, सिमेगा ह्युमन एकेडमी, एशियन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्टले तालिमको सहजीकरण गर्नेछन् ।

कार्यक्रममा राष्ट्रिय युवा परिषद्का चितवन जिल्ला संयोजक रामचन्द्र लम्साल, कान्तिपुर बहुप्राविधिक शिक्षालयका श्यामजी कँडेलले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Facebook Comments