माैसमः हल्का देखि मध्यम वर्षाकाे संभावना

पूर्वी नेपालमा मनसुन भित्रिएपनि मनसुन सक्रिय भने भइसकेकाे छैन । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशभर आंशिक देखि साधारणतया बदली रहनेछ।

महाशाखाले कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएकाे छ। 

त्यस्तै कोशी प्रदेशका एक-दुई स्थानमा भारी बर्षाको पनि  वर्षाको सम्भावना रहेको छ।  देशको उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा  हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ। 

बुधबार राती कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मुख्यतया सफा देखि आंशिक बदली रहनेछ।

कोशी प्रदेश, मधेश प्रदेश  र  बागमती प्रदेशका केही स्थानहरुमा,  गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै कोशी प्रदेश र मधेश प्रदेशका  एक-दुई स्थानमा भारी बर्षाको पनि सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बाँकी उच्च-पहाडी तथा हिमाली भू-भागका  ‍एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ। 

Facebook Comments