नेपाल शिक्षक महासङ्घ दलका कार्यालयमा धर्ना कार्यक्रम गर्दै
नेपाल शिक्षक महासङ्घले आज ५ वटा राजनीतिक दलको कार्यालयमामा धर्ना दिने भएको छ ।
बिहान ११ बजेदेखि १ बजेसम्म चल्ने यो कार्यक्रममा सहभागी हुने महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षकहरूलाई अनुरोध गर्नुभएकाे छ ।

उहाँका अनुसार लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चा कार्यालयमा धर्ना दिन लागिएकाे हाे ।
सरकारले शिक्षक महासंघसँग गरेका सम्झाैता विपरीत शिक्षा विधेयक ल्याउन लागेकाे भन्दै धर्ना लगायतका कार्यक्रम गर्न लागेकाे सुवेदीले जानकारी दिनुभयाे ।
धर्ना कार्यक्रमको मुख्य उद्देश्य पार्टीहरूलाई शिक्षकहरूको मागप्रति ध्यानाकर्षण गराउनु रहेको महासंघले बताएको छ ।
Facebook Comments

