माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठक बस्दै
नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे बैठक बस्ने बैठकमा विभिन्न दलहरूसँग कात्तिक १९ गते भाेली हुन लागेकाे एकता सम्बन्धमा छलफल हुने बताइएकाे छ ।
बैठकले नेकपा एकीकृत समाजवादीसहित ९ दलबिच भएको एकता सहमति अनुमोदन गर्ने तयारी छ ।
पछिल्लो सचिवालय बैठकले निर्णय गरेका एजेन्डा र ९ दलबिच भएको सहमति अनुमोदन गरेर बैठक सकिने नेता हरिबोल जानकारी दिनुभयाे ।
स्राेतका अनुसार ९ दलबिच भएको एकता सहमति र सचिवालय बैठकले गरेका निर्णय अनुमोदन गर्न केन्द्रीय समिति बैठक बोलाइएको हो ।
यस्तै, पार्टी एकता घोषणा कात्तिक १९ गते दिउँसो १ बजे भृकुटीमण्डपमा गर्ने तयारी छ । यद्यपि साे पार्टीका प्रभावशाली नेता जनार्दन शर्मा लगायतले एकता प्रक्रियामा असहमति जनाएका छन् । शर्मा पक्षले माओवादी केन्द्रलाइ नै पुनर्गठन गर्ने बताएकाे छ ।
Facebook Comments

