माैसमः कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।
जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

आज राती पनि देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएकाे छ ।
Facebook Comments

