इन्डोनेशियामा बाढीः ८११ जनाकाे मृत्यु, सयाैं बेपत्ता
इन्डोनेशियाका आचेह, उत्तरी सुमात्रा र पश्चिम सुमात्रा प्रान्तमा आएको भीषण बाढी र पहिरोका कारण मृत्यु संख्या ८११ पुगेको छ । मृतककाे संख्या ९ सय नजिक पुगेकाे भनेर अन्तर्राष्ट्रिय समाचार संस्था राेयटर्सले जनाएकाे छ । इन्डोनेशियाको राष्ट्रिय विपद् व्यवस्थापन निकायले ८११ जनाकाे मृत्यु र ६२३ जना अझै वेपत्ता रहेको जनाएको छ ।

बाढी प्रभावित क्षेत्रमा राहत सामग्री पठाउन थालिएकाे छ । उद्धार तथा राहत कार्यलाई चुस्त बनाइने सरकारी अधिकारीहरूले जनाएका छन् ।
Facebook Comments

