माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै
‘पार्टी रूपान्तरण र पुननिर्माणको सङ्कल्प : आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदन पेस गर्ने
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकको तयारी पुरा भएको छ ।
स्मार्ट दरबार ब्याङ्क्वेट धुम्बाराहीमा आजदेखि सुरु हुने बैठकको तयारी पुरा भएको केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिनुभयाे ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘पार्टी रूपान्तरण र पुननिर्माणको सङ्कल्प : आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदन पेस गर्नेछन् । साथै आगामी समाजवादी कार्यदिशा, कार्ययोजना, साङ्गठनिक स्वरूप, कार्यविभाजन लगायत विषयमा महत्त्वपूर्ण निर्णय हुने नेताहरूले बताएका छन् ।
Facebook Comments

