मुग्लिङ नारायणगढ सडकखण्ड सञ्चालनमा
मुग्लिङ नारायणगढ सडकखण्डमा पहिराे तथा सडकमाथिबाट ढुंगा खसेका कारण सवारी सञ्चालनमा राेक लगाइएकाेमा पहिराे पन्छाएपछि सवारी सञ्चालनमा आएको छ ।
मुग्लिङ नजिकै तुइनखोलामा झरेको पहिरो हटाएपछि नारायणघाट-मुग्लिन सडक सञ्चालनमा आएको हाे ।

सडक खुलेपछि अहिले पोखरातर्फ जाने सवारी साधन चल्न थालेका छन् भने पृथ्वी राजमार्गको विभिन्न स्थानमा पहिरो खसेकाले काठमाडौंतर्फ जाने सवारीलाई रोकिएको छ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानको आधारमा जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार साँझदेखि विहानसम्म याे सडकखण्डमा यातायात सञ्चालनमा पूर्ण रूपमा रोक लगाएको थियो ।
Facebook Comments

