ग्याँस पड्कदा बाजुरकाे बाम्का बजारमा आगलागी, बजार क्षेत्रमा क्षति

बाजुराको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा लागेको आगलागीले बजार क्षेत्र ध्वस्त भएको छ । मेयर राम बहादुर बानियाँका अनुसार आगलागीबाट ४० भन्दा बढी पसलहरू जलेका छन् ।

मेयर बानियाँले निकै ठूलो आगलागी भएको र बजार क्षेत्रका ४० भन्दा बढी पसलहरू जलेर ध्वस्त भएकाे जानकारी दिनुभयाे ।

पालिकामा दमकल नभएकाले डाेजर र पानीट्यांकरको सहयोगमा आगलागी नियन्त्रण गरिएको थियाे ।

बम्का बजारमा रहेको नवदुर्गा होटलमा ग्यास सिलिन्डर पड्किएर आगलागी शुरू भएकाे थियाे ।

Facebook Comments