प्रतिनिधिसभाकाे बैठक बस्ने

संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दैछ ।

मंगलबार दिउँसो १ः०० बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२ र भन्सार विधेयक, २०८० सम्बन्धमा कार्यसूची रहेका छन् ।

आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ।

बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार विधेयक, २०८० माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

Facebook Comments