फागुन २१ काे निर्वाचनः शान्ति सुरक्षाप्रति दलहरूकाे शंका

फागुन २१ गते ताेकिएकाे निर्वाचनका लागि दलहरूले शान्ति सुरक्षामा गम्भीर चासाे व्यक्त गरेका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा राजनीतिक दलहरूसँगकाे सर्वपक्षीय बैठक बाेलाइएकाे थियाे ।

साे बैठकमा सहभागी दलका प्रतिनिधिहरूले तोकिएकै मितिमा चुनाव हुने/नहुने र सुरक्षाका विषयमा शंका व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको मितिमै निर्वाचन गराउने प्रतिबद्धता व्यक्त गर्दै शान्ति–सुरक्षाका विषयमा पनि ढुक्क रहन आग्रह गर्नुभयाे ।

सरकारले निर्वाचन कार्यतालिका नै निर्माण गरेर अघि बढिसकेको उल्लेख गर्दै २१ फागुनको निर्वाचन एकै चरणमा सम्भव गराउन लागिपरेको जानकारी बैठकमा गराइएकाे थियाे ।

Facebook Comments