आज निजामती सेवा दिवस

आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी ‘निजामती सेवा दिवस’ मनाइँदैछ ।

निजामती सेवासम्बन्धी ऐन पहिलोपटक जारी भएको विक्रम संवत् २०१२ भदौ २२ गतेको स्मरण गर्दै २०६१ सालदेखि हरेक वर्ष भदौ २२ गते निजामती सेवा दिवस मनाउने गरिन्छ ।

देशैभरका सरकारी कार्यालयहरूमा कार्यरत निजामती सेवाका कर्मचारीहरुले दिवस मनउँदैछन् ।

दिवसको अवसरमा आज बिहान सिंहदरबारबाट निकालिएकाे प्रभातफेरी भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा पुगेर मूल समारोहमा परिणत भएकाे छ ।

सो समारोहमा अघिल्लाे वर्ष घाेषणा गरिएका १० उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गरिएकाे छ ।

Facebook Comments