जेन जी पुस्ताकाे माइतीघरमा प्रदर्शन
सामाजिक सञ्जाल बन्द गर्ने निर्णयकाे विराेधका साथै भ्रष्टाचार एवं अव्यवस्था विरूद्ध प्रर्दशन गरेका छन् ।
सामाजिक सन्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध नयाँ पुस्ताका युवा (जेन जी)हरुले स्वतःस्फुर्त प्रदर्शन गरेका हुन् ।
काठमाडौंको माइतीघर मण्डलामा भेला भएर प्रदर्शनमा उत्रिएका हुन् भने सामाजिक सञ्जाल लगायतका विभिन्न माध्यमहरूमा पनि विराेध गरेकै छन् ।
स्कूल कलेजकै पाेशाकमा ‘जेनजी पुस्ता चिच्याउँछ, भ्रष्टहरुलाई गिज्याउँछ’ लगायतका नारा लेखेका प्लेकार्ड सहित याे पुस्ता सडकमा उत्रेकाे हाे ।
सामाजिक सञ्जाल बन्द गर्ने सरकारकाे निर्णयप्रति स्वयं सत्तारूढ दलकै नेताहरूले तीव्र असन्तुष्टी व्यक्त गरिरहेका छन् ।
Facebook Comments

