नारायणगढ–मुग्लिन सडकखण्डमा यात्रुवाहक बस दुर्घटना
नारायणगढ–मुग्लिन सडकखण्डमा यात्रुवाहक बस दुर्घटनामा परेको छ । नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको उक्त बस दुर्घटनामा २३ जना यात्रु घाइते भएका छन् ।
लु प्र ०३–००१ ख ००७७ नम्बरको बस आज बिहान साढे ४ बजे नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभान पुलबाट खसेको प्रहरीले जनाएको छ ।
बसमा सवार २८ जनामध्ये २३ जना घाइते भएको र २ जनाकाे अवस्था गम्भीर रहेकाे प्रहरीले जानकारी दिएकाे छ ।
इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्य यात्रु सकुशल छन् । ‘टायर पञ्चर’ हुँदा बस अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने अनुमान प्रहरीकाे छ । घटनाबारे अनुसन्धान भइरहेकाे पनि प्रहरी निरीक्षक भण्डारीले जानकारी दिनुभयाे ।
Facebook Comments

