एकीकृत समाजवादीको प्रथम गण्डकी प्रदेश अधिवेशन जारी

पोखरा ।  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को प्रथम गण्डकी प्रदेश अधिवेशन जारी रहेकाे छ । शनिबार पोखराको सभागृहमा अधिवेशनकाे पार्टीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्नुभएकाे हाे ।

‘समाजवाद प्राप्तीको लक्ष्य, गण्डकी प्रदेशको विकास र समृद्धि हाम्रो उद्देश्य’ भन्ने नाराका साथ शुरू भएकाे अधिवेशनको दाेस्राे दिन बन्दसत्र हुने बताइएकाे छ ।

उद्घाटन समारोहमा पार्टीका केन्द्रीय नेताहरू, प्रदेशस्तरीय पदाधिकारीहरू तथा प्रदेशभरका ११ वटै जिल्लाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा गण्डकी प्रदेशको राजनीतिक, आर्थिक तथा सामाजिक विकासका विषयमा विभिन्न नेताहरूले आफ्नो धारणा प्रस्तुत गरेका थिए ।

अधिवेशनले प्रदेश कमिटीको चयन गर्ने तथा आगामी कार्यदिशा तय गर्ने साे पार्टीले जनाएकाे छ ।

Facebook Comments