नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को प्रथम महाधिवेशन आजबाट सुरू हुँदै

 डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को प्रथम महाधिवेशन आजबाट सुरू हुँदैछ ।

महाधिवेशन नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा दिउँसो १२ बजेदेखि सुरु हुने महाधिवेशन व्यवस्थापन समितिकी संयाेजक हिसीला यमीले जानकारी दिनुभयाे ।

२९ माघसम्म चल्ने महाधिवेशनमा देशभरबाट एक हजार ५ सय प्रतिनिधि सहभागी हुने महाधिवेशन व्यवस्थापन समितिले जनाएको छ ।

महाधिवेशनले ११ पदाधिकारीसहित ९९ केन्द्रीय समिति चयन गर्ने छ । संयोजक यमीले राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो तुल्याउँदै पार्टी सुदृढीकरण, असल राजनीतिक अभ्यास, संविधानको मर्मअनुरुप समावेशी चरित्रको सङ्गठन निर्माणलाई महाधिवेशनले प्राथमिकता दिने बताउनुभयाे ।

महाधिवेशनमा डा.बाबुराम भट्टराईलाई नेतृत्वमा बिद्यार्थी पृष्ठभूमीका नेत्र चापागाइँले चुनाैति दिने घाेषणा गरिसक्नुभएकाे छ ।

Facebook Comments