कांग्रेसले सरकार छाड्ने संकेत

नेपाली कांग्रेसले सरकार छाड्ने संकेत गरेकाे छ । कांग्रेसका नेता शेखर काेइरालाले सरकारमा सहभागी रहेका निकट मन्त्रीहरूलाइ राजीनामा दिन निर्देशन दिएकाे बुझिएकाे छ ।

महामन्त्री गठन थापाले सामाजिक सञ्जाल मार्फत् सरकार छाड्ने निर्णय गराउन लाग्ने भनेर सावर्जनिक गर्नुभएकाे छ । थापाले हिजाेकाे घटनाले रातभर सुत्न नसकेकाे भन्दै घटनाकाे जिम्मेवारी लिएर प्रधानमन्त्रीले पद छाड्नुपर्ने बताउनुभएकाे छ ।

यसअघि हिजाे बसेकाे कांग्रेस पदाधिकारी बैठकमा पनि एमालेसँगकाे सहकार्यकाे विकल्प खाेज्नुपर्ने बिषयमा छलफल भएकाे थियाे ।

थापाकाे अपिल

रातभर सुत्न सकिन। म जस्तै देशभित्र र बाहिर रहेको सिंगो नेपाल सुत्न सकेको छैन। अबोध युवाहरू अनाहकमा मारिएको त्यो क्रुर दृष्य आँखा अगाडि घुमिरहेको छ। प्रधानमन्त्रीज्यूले यो दमनको जिम्मा लिएर अबिलम्ब पद छोड्नुपर्छ।

अब नेपाली कांग्रेस एक दिन पनि यो परिस्थितिको थप सांक्षी र साझेदारका रुपमा रहनुहुदैन, रहन सक्दैन। नेपाली कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्छ। पार्टीको बैठकबाट यो निर्णय गराउन म लाग्नेछु।

Facebook Comments