माैसमः पहाडी भू-भागका एक-दुई स्थान हल्का वर्षाको सम्भावना
हाल नेपालमा पश्चिमी वायूको प्रभाव तथा बाँकी भू-भागमा मनसुनी वायू तथा स्थानीय वायूको कमजोर प्रभाव रहेकाे जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू-भागको थोरै स्थानहरूमा पश्चिमी वायूको प्रभाव तथा बाँकी भू-भागमा मनसुनी वायू तथा स्थानीय वायूको कमजोर प्रभाव रहेको छ ।

महाशाखाले आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने जनाएकाे छ । त्यस्तै देशका पहाडी भू-भागका एक-दुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार आज राती कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने छ भने कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

