कांग्रेस पदाधिकारी बैठक बस्दै

नेपाली कांग्रेसकाे पदाधिकारी बैठक आज बस्दैछ । जेनजी आन्दोलनपछि पहिलाेपटक पार्टी सभापति शेरबहादुर देउवा सहितकाे पदाधिकारी बैठक बस्न लागेकाे हाे ।

सभापति देउवाले आज दिउँसो दिउँसो १ बजे हिमालय होटल कुपण्डोलमा बस्ने गरी बैठक बाेलाउनुभएकाे हाे ।

कांग्रेसकाे यही २६ असोजमा बस्ने केन्द्रीय समिति बैठक बस्दैछ । पदाधिकारी बैठकमा केन्द्रीय समिति बैठकमा लैजाने एजेण्डाबारे बैठकमा छलफल हुने बताइएकाे छ ।

भदौ २३ र २४ गते भएको जेनजी युवा आन्दोलनपछि देउवा र उहाँकी पत्नी आरजु देउवामाथि सांघातिक हमला भएकाे थियाे । बुढानीलकण्ठस्थित निवास आगजनीका कारण बस्न मिल्ने अवस्थामा नभएकाले देउवा दम्पती ललितपुरमा डेरामा बस्न थाल्नुभएकाे छ ।

देउवा हालसम्म जेनजी आन्दोलनपछि सार्वजनिक रूपमा नदेखिएपनि पछिल्लाे राजनीतिक अवस्थाबारे सीमित नेताहरूसँग भेटघाट तथा फाेन मार्फत् परामर्शमा रहनुभएकाे नेताहरूले बताएका छन् ।

पछिल्लाे आन्दोलनपछि पुराना पार्टीहरूमा नेतृत्व परिवर्तनका लागि तीव्र दबाव सिर्जना भएकाे छ ।

Facebook Comments