इसराइल र हमासबीच युद्धविराम सम्झौता
इसराइल र हमासबीच युद्धविराम सम्झौता भएको छ।
इजिप्टमा सोमबारदेखि जारी अप्रत्यक्ष वार्तापछि बिहीबार बिहान पहिलाे चरणाकाे युद्धविराम सम्झौता भएको बताइएकाे छ ।
विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका साथै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आफ्नो ट्रुथ सोसल अकाउन्टमा पोस्ट लेखेर इसराइल र हमासबीच पहिलो चरणको युद्धविराम सम्झौता भएको जानकारी दिनुभएकाे छ ।
अमेरिकासहित कतार, इजिप्ट र टर्कीले युद्धविरामका लागि मध्यस्थता गरेका थिए । युद्धविराम सम्झाैता भएसँगै वन्दीहरू साटासाट लगायतका प्रक्रिया शुरू हुने बताइएकाे छ ।

यसैवीच हमाससँग बाँकी रहेका ४८ बन्धकमध्ये २० जनामात्रै जिवित रहेको भनी अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले लेखेकाे छ ।
युद्धविराम भएसँगै गाजामा खुशीयाली मनाइएकाे भिडियाेहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् ।
Facebook Comments

