मधेश, कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ।

महाशाखाले कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशको पहाडी भू-भागका केही र मधेश प्रदेश लगायत देशका बाँकी पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको जनाएकाे छ ।

मधेश प्रदेश लगायत कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जारी गरेकाे बुलेटिनमा उल्लेख छ।

त्यस्तै आज राती देशभर साधारणतया बदली रहनेछ ।

मधेश प्रदेश लगायत कोशी प्रदेश, बागमती प्रदेश, र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

Facebook Comments