नेसपा (नयाँ शक्ति)को उपाध्यक्षमा दुर्गा सोव र मानुषी यमि भट्टराई निर्विरोध
अध्यक्षमा डा. बाबुराम भट्टराई र नेत्रप्रसाद चापागाईंकाे उम्मेदवारी
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को उपाध्यक्ष पदमा दुर्गा सोव र मानुषी यमि भट्टराई निर्विरोध निर्वाचित हुनुभएकाे छ । समावेशी अन्तर्गत भट्टराई महिला र सोव दलित क्लटरबाट निर्वाचित हुनुभएकाे हाे ।

११ जना पदाधिकारी र ९९ जना केन्द्रीय सदस्यमध्ये ९० जनाको लागि आज निर्वाचन हुँदै छ । उम्मेदवारविरुद्ध परेको दाबी विरोध पछि निर्वाचन समितिले अन्तिम नामावली प्रकाशित गर्दै छ ।
पार्टीकाे अध्यक्षमा डा. बाबुराम भट्टराई र नेत्रप्रसाद चापागाईँले उम्मेदवारी परेकाे छ ।
आइतबारदेखि प्रज्ञाभवन कमलादीमा सुरु भएको पार्टीको प्रथम महाधिवेशनमा निवर्तमान अध्यक्ष भट्टराईले पेस गर्नुभएकाे ‘नयाँ युगको नयाँ कार्यभार : वैकल्पिक राजनीतिको औचित्य र आधार’ सम्बन्धी राजनीतिक र साङ्गठनिक प्रतिवेदन छलफलपछि पारित भएकाे थियाे ।

