सरकार र जेनजी प्रतिनिधिवीच सम्झाैता

सरकार र जेनजी आन्दोलनका प्रतिनिधिबीच १० बुँदामा सम्झाैता भएकाे छ ।

सम्झाैतामा निर्वाचन कानुनमा तत्कालै सुधार गरेर पार्टीको अध्यक्ष वा सभापति तथा सरकारकाे नेतृत्व पनि अधिकतम दुई कार्यकालका लागि मात्र हुन पाउने प्रबन्ध गर्ने सम्झौता भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको सगरमाथा हलमा बुधबार जेनजी प्रतिनिधि र सरकारबीच सम्झौतामा हस्ताक्षर भएको हो। उक्त बैठकमा जेनजी, घाइते र जेनजी प्रर्दशनमा सहिद भएकाकाे परिवारका सदस्यहरू सहभागी थिए ।

नेपाली कांग्रेसमा पार्टी सभापति दुई पटक मात्र हुन पाउने व्यवस्था यसअगाडि नै कार्यान्वयनमा रहेको छ। नेकपा एमालेले पनि दुई कार्यकाल अध्यक्ष हुने गरी विधानमा व्यवस्था गरेको थियो । तर गत भाद्र महिनामा भएकाे विधान अधिवेशन उक्त व्यवस्था हटाएको थियो ।

सम्झौतामा राष्ट्रपति, प्रधानमन्त्री र मन्त्री लगायत कार्यकारी प्रमुखको पदमा दुई पूर्ण कार्यकालमा सीमित गर्ने उल्लेख छ । हाल स्थानीय तहका प्रमुखहरू दुई पटक मात्र हुन पाउने संवैधानिक व्यवस्था छ।

Facebook Comments