एनपीएलः क्वालिफायर २ मा लुम्बिनी लायन्सद्वारा विराटनगर किंग्स पराजित

लुम्बिनी लायन्सले क्वालिफायर २ मा विराटनगर किंग्सलाई पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा पुगेको छ ।

लुम्बिनीले बिहीबार त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा क्वालिफायर २ मा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै फाइनलमा सुदुरपश्चिम राेयल्ससँगकाे भेट पक्का गरेकाे हाे ।

टस जितेपछि ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ३४ रनमात्र बनाउन सकेको थियो । तिलकराज भण्डारीले ३ विकेट लिएपछि जबाफमा आएको विराटनगर १७.५ ओभरमा ९४ रनमै अलआउट भयो । विराटनगर लगातार दोस्रो खेलमा १ सय रन मुनि अलआउट भएको हो ।

लगातार पाँचौं खेल जित्दै लुम्बिनीले उपाधि भिडन्त पक्का गरेको हो । लुम्बिनीले इलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गरेको थियो भने विराटनगर क्वालिफायर १ मा सुदूरपश्चिमसँग ७७ रनले पराजित भएको थियो ।

Facebook Comments