टर्कीमा युक्रेन र रूस प्रत्यक्ष वार्ता गर्न तयार
लामाे समय युद्धमा रहेका युक्रेन र रूसवीच प्रत्यक्ष वार्ता हुने भएकाे छ । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले विनासर्त प्रत्यक्ष वार्ताका लागि प्रस्ताव गरेपछि युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले युद्ध अन्त्य गर्ने बारेमा छलफल गर्न तयार रहेकाे प्रतिक्रिया दिनुभएकाे छ ।

बिहीबार टर्कीको इस्तानबुलमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग ‘व्यक्तिगत रूपमा’ वार्ता गर्न तयार रहेको बताउनुभएकाे छ ।
अमेरिकाले पनि टर्कीमा रुससँग प्रत्यक्ष वार्ताको प्रस्ताव स्वीकार गर्नुपर्ने धारणा सार्वजनिक गरेकाे थियाे ।
‘अब अरू ज्यान गुमाउनुको कुनै अर्थ छैन। म आफैँ बिहीबार टर्कीमा पुटिनको प्रतीक्षा गर्नेछु,’ जेलेन्स्कीले एक्समा लेख्नुभएकाे थियाे ।
शनिबार राति, रुसी राष्ट्रपति पुटिनले युक्रेनलाई ‘गम्भीर वार्ता’ को लागि आमन्त्रित गर्नुभएकाे थियाे । रुस-युक्रेन युद्ध सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि सुरु भएको थियो।

