एमालेकाे महाधिवेशन मंसिरमा, प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने माग

नेकपा एमालेको एघारौं महाधिवेशन मंसिर अन्तिम साता हुने भएको छ ।

आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले मंसिर अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयाे ।

‘नेकपा एमालेको एघारौं महाधिवेशन मंसिरको अन्तिम साता आयोजना हुनेछ,’ ज्ञवालीले भन्नुभयाे ।

उहाँका अनुसार महाधिवेशनकाे स्थान र मितिको टुंगो भने आगामी २९ गतेबाट हुने केन्द्रीय कमिटी बैठकले तय गर्नेछ ।

त्यस्तै एमालेले संसद् विघटन असंवैधानिक भएकाले लोकतन्त्र र संविधान पक्षधर दलहरूसँग संसद् पुनर्स्थापनाका लागि संवाद गर्ने निर्णय समेत गरेको छ ।

ज्ञवालीले अदालत खुलेपछि संसद् पुनर्स्थापनाका लागि निवेदन लिएर जाने उल्लेख गर्नुभयाे ।

Facebook Comments