एयर इन्डिया विमान दुर्घटनाः २६० जनाकाे मृत्यु
एयर इन्डियाको जहाज दुर्घटनामा विमानमा सवार र दुर्घटनास्थलका गरी २६० जनाकाे मृत्यु भएकाे छ ।
विमानमा सवार २४१ जना र विमान ठाेक्किएकाे स्थानका थप १९ गरी मृत्यु हुनेको संख्या कम्तिमा २६० जना पुगेको हाे।
विमानमै सवार १ जनाकाे भने उपचार भइरहेकाे छ । जिवित भेटिएका यात्रु बेलायती नागरिक ४० वर्षीय विश्वासकुमार रमेश रहेकाे बताइएकाे छ ।

भारतको गुजरात प्रान्तस्थित अहमदाबादको मेघनीनगरमा बिहीबार दिउँसो एयर इन्डियकाे बाेइङ जहाज दुर्घटनामा परेकाे थियाे ।
एयर इन्डियाको बोइङ ७८७–८ जहाज अहमदाबादको सरदार बल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको दुई मिनेटमै दुर्घटनामा परेको हाे।
जहाज उडेर उचाइ लिन नसक्दा मेघनीनगरको चिकित्सकहरू बस्ने आवासीय भवनको छतमा खसेको थियो। दुर्घटनामा ५० जना भन्दा बढी घाइते भएका छन्।
शव संकलन गरी अहमदाबादको सरकारी अस्पतालमा लगिएको छ। धेरै शवहरू पहिचान गर्न नसक्ने अवस्थामा छन्। ती शवको डिएनए परीक्षण गरेर पहिचान गरिने बताइएको छ।
विमान दुर्घटनाकाे छानविन हुने भएकाे छ भने निर्माता कम्पनी बाेइङलाई भने ठूलाे धक्का लागेकाे छ ।

