माैसमः मनसुन देशभर सक्रिय, अधिकाशं स्थानमा वर्षा हुने
हाल मनसुन देशभर सक्रिय छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास अवस्थित रहेको र आगामी २४ घण्टा मनसुन सक्रिय रहने जनाएकाे छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर पुर्णतया बदली रहनेछ भने देशका अधिकांश स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
महाशाखाले मधेश प्रदेश लगायत कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा भारी वर्षा र एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको जनाएकाे छ।
त्यस्तै आज राती गण्डकी प्रदेश, लुम्विनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा पुर्णतया बदली रही बाँकी भू-भागमा साधारणतया बदली रहनेछ ।
महाशाखाका अनुसार गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भाग, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशको पहाडी तथा तराई भू-भागका धेरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी र तराई भू-भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागको थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको तथा लुम्बिनी प्रदेशको तराईको भू-भागको थोरै स्थानहरू, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

