जसपामा केन्द्रीय सदस्य मनाेनित

जनता समाजवादी पार्टी नेपालले पाँच जना केन्द्रीय सदस्य मनाेनित गरेकाे छ । हालसालै साे पार्टी प्रवेश गरेका नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको हो । 

पार्टीले जारी गरेको परिपत्रअनुसार सिराहाका सत्यनारायण यादव, बाँकेका पदम अर्याल, बाँकेकै रेखा गुप्ता, रुपन्देहीकी विद्या यादव र धनुषाका विमल साह केन्द्रीय सदस्य मनोनीत गरिएकाे हाे ।

पार्टीले सल्लाहकार समितिका अध्यक्ष पनि मनोनीत गरेको छ। सल्लाहकार समिति अध्यक्षमा प्राडा रामस्वारथ यादव मनोनीत भएका छन्।

खड्गनारायण चौधरी, विष्णु कुमाल, अजयकुमार श्रीवास्तव, शशी यादव, जीतेन्द्रप्रकाश महतो र मनोज साहलाई केन्द्रीय सल्लाहकार परिषद् सदस्य मनोनीत गर्ने निर्णय गरिएको पनि परिपत्रमा उल्लेख गरिएको छ।

गत कार्तिक १९ र २० गते बसेको पार्टीको केन्द्रीय समिति बैठकको निर्णयमा आधारित रहेर परिपत्र जारी गरिएको हो । 

Facebook Comments