कार्कीले आज पदभार ग्रहण गर्दै, मन्त्रिपरिषद् विस्तार हुने

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्दै हुनुहुन्छ । आज बिहान ११ बजेको समयमा उहाँले सिंहदरबार पदभार ग्रहण गर्ने कार्यक्रम तय भएकाे छ ।

आन्दोलनकाे बलमा कांग्रेस-एमाले गठबन्धन सरकार ढलेपछि शुक्रबार राति राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा कार्कीलाई नियुक्त गर्नुभएकाे थियाे ।

त्यसै दिन शपथ लिएर कार्कीले संसद विघटनकाे सिफारिस गर्नुभएकाे थियाे जुन राष्ट्रपतिबाट सदर पनि भइसकेकाे छ ।

आज नै कार्कीले मन्त्रिपरिषद् विस्तारको पनि तयारी गर्नुभएकाे छ । मन्त्री नियुक्तिका लागि छलफल गरिरहनुभएकाे बुझिएकाे छ । आजै मन्त्रीको नामावली टुंगो लगाउने र नियुक्ति गर्ने तयारी रहेकाे उहाँ निकट स्राेतले जनाएकाे छ ।

Facebook Comments