भूउपयोगसम्बन्धी नियमावलीमा संशोधनसँगै जग्गा कित्ताकाट खुल्ला

२०८३ असार मसान्त अर्थात् करिब आठ महिनाका लागि देशभर जग्गाको कित्ताकाट खुला भएको छ । सरकारले भूउपयोगसम्बन्धी नियमावलीमा संशोधन गर्दै कित्ताकाट खुला गरेको हो ।

यसअघि उक्त नियमावलीमा भूउपयोग वर्गीकरण नगरेका स्थानीय तहमा २०८२ असार मसान्तदेखि कित्ताकाट बन्द हुने उल्लेख थियो । योसँग करिब ५०० स्थानीय तहमा घरजग्गा कारोबार प्रभावित हुँदै आएको थियो । 

संशोधित नियमावलीमा यो मिति २०८३ असार मसान्त कायम गरिएको छ । योसँगै सो अवधिसम्म देशभर कित्ताबाट गर्न पाइनेछ । भूउपयोग वर्गीकरण गरेका स्थानीय तहमा भने जग्गा कित्ताकाटका लागि कुनै समस्या नरहने बताइएकाे छ।

जग्गाकाे वर्गीकरण बाँकी स्थानीय तहले आगामी असार मसान्तसम्म यस्तो वर्गीकरण गरिसक्नुपर्नेछ । अन्यथा फेरि २०८३ असार मसान्तपछि कित्ताकाट बन्द हुनेछ ।

Facebook Comments