माैसमः मनसुनकाे प्रभाव केही कमजोर हुने, यस्ताे छ आगामी साताकाे माैसम पूर्वानुमान

जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुनकाे प्रभाव केही कमजाेर हुने जनाएकाे छ ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकाले नेपालमा मनसुन केही कमजोर हुने भएकाे हाे ।

महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ ।

त्यस्तै सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बाँकी तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाले आज राती कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली हुने जनाएकाे छ । त्यस्तै कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाले साप्ताहिक माैसम पूर्वानुमान बुलेटिन पनि जारी गरेकाे छ । जसमा साप्ताहिक मौसम पूर्वानुमान वैधताको अवधि: २०८२ साउन ३० गते शुक्रबार देखि २०८२ भदौ ०५ गते बिहीबार सम्म जारी मिति: २०८२ साउन २९ गते बिहीबारसम्मकाे माैसम पूर्वानुमान गरिएकाे छ । जसकाे सारांश निम्नअनुसार छ ।

  • यो साताभर मनसुनी वायूको प्रभाव रहने देखिन्छ । साताको धेरैजसो समय मनसुनको न्यूनचापिय रेखा सरदर वा सरदरस्थान भन्दा केही उत्तरतिर रहने सम्भावना रहेको छ ।
  • उच्च पहाडी तथा हिमाली भू-भागः साताभर कोशी र बागमती प्रदेशका केही स्थानहरुमातथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना। साताको मध्य र अन्त्यमा कोशी प्रदेश र बागमती प्रदेश एक-दुई स्थानमा भारी बर्षाको पनि सम्भावना । 
  • पहाडी भू-भागः साताभर कोशी, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना। साताको मध्य र अन्त्यमा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा साथै बागमती र गण्डकी प्रदेशका साताको शुरु र अन्त्यमा एक-दुई स्थानमा तथा साताको मध्यमा थोरै स्थानहरुमा भारी बर्षाको पनि सम्भावना ।
  • तराई भू-भागः साताको मध्य र अन्त्यमा कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी बर्षाको पनि सम्भावना रहेको छ। 
  • यो साता देशभरको अधिकतम र न्यूनतम तापक्रममा उल्लेखनिय परिवर्तन नहुने सम्भावना रहेको छ । 
  • औसतसँग तुलना गर्दाः यो साता सबै प्रदेशका केही स्थानहरूमा वर्षा, अधिकतम तापक्रम तथा न्यूनतम तापक्रम औसत वा सो भन्दा बढी रहने सम्भावना रहेको छ । 
Facebook Comments