अन्तरिम सरकार गठन भएकाे ७२ घण्टामै राजीनामा माग
जेन-जी समूहकाे अगुवाका रूपमा देखा परेका सुदन गुरूङ समूहले आइतबार राति प्रधानमन्त्री निवास बालुवाटार अगाडि नाराबाजी गर्दै प्रधानमन्त्रीकाे राजीनामा मागेकाे छ ।
गुरूङकाे समूहले गरेकाे नाराबाजीमा मन्त्रिपरिषद् विस्तारमा असन्तुष्टि पाेखेका सुन्न सकिन्छ । साे समूहका अगुवा सुदन लगायतले आफूहरूसँग सल्लाह नै नगरी गृहमन्त्री बन्न लागेकाे भन्दै ओमप्रकाश अर्यालकाे विराेध गरेका हुन् ।
‘हामी फेरि सडकमा आयौं भने कसैले रोक्न सक्दैन। जुन ठाउँमा हामीले राखेका छौं। त्यहीँबाट थुतेर निकाल्छौं,’ नाराबाजी गर्न पुगेका गुरूङकाे भनाइ थियाे ।
साे नाराबाजीमा सुदन गुरूङकाे समूहका साथमा आन्दोलनका घाइते, मृतककासमेत रहेका थिए।
Facebook Comments

