माैसमः कोशी प्रदेशकाे एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।

जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने छ ।

महाशाखाले कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएकाे छ । त्यस्तै आज राती देशभर मौसम मुख्यतया सफा रहने छ ।

Facebook Comments